Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसदमा एमाले नेताको एक स्वर- सरकारले परराष्ट्र नीतिविपरीत कार्य गर्‍याे


    बिहिबार, जेष्ठ १२ २०७९
    695
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले सरकार र सत्तारुढ दलले नेपालको परराष्ट्र नीतिविपरीत कार्य गरेको भन्दै आपत्ति जनाएका छन् । 

    प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै उनीहरूले हालै भएको तिब्बत मामिला संयोजक तथा तिब्बत मामिला अमेरिकी उपसहायक विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा सरकारले संलग्न परराष्ट्र नीतिविपरीत कार्य गरेको आरोप लगाएका हुन् । 

    नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत कार्य गरेर छिमेकी देशसँगको सम्बन्धमा चिसोपना बढाउने अमेरिकी उपसहायक विदेशमन्त्रीलाई जावलाखेलस्थित तिब्बती शरणार्थी शिविरमा भ्रमण गराउने र गुम्बामा लैजाने कार्य गरेको उनीहरूको आरोप छ । 

    एमाले अध्यक्ष केपी ओली, नेताहरू भीम रावल, खगराज अधिकारी, प्रदीप ज्ञवालीले सरकार र सत्तारुढ दलले देशको परराष्ट्र नीतिविपरीत कार्य गरेको भन्दै आपत्ति जनाएका हुन् । 

    ‘नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्न्त्री देउवा, गठबन्धनमा सहभागी माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलहरूले नेपालको स्वतन्त्र र असंलग्नता परराष्ट्र नीति परित्याग गरेका हुन् ?’, रावलले भने । यसबारे सदनलाई जानकारी गराउनुपर्ने उनीहरूको माग छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार