Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • काठमाडौंमा भेटिए १० नयाँ कोरोना संक्रमित


    शुक्रबार, साउन ९ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसको जानकारी दिएका हुन् । 

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका पाँच जना, शुक्रराज ट्रपिकल तथा  तथा सरुवा रोग अस्पतालमा काठमाडौंका पाँच जना गरी कुल १० नयाँ संक्रमित भेटिएको छ । 

    यस्तैगरी शुक्रबार देशभर १ सय ३३ जना काेराेना संक्रमित भेटिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या १८ हजार २ सय ९४ जना पुगेको छ। 

    नेपालमा पछिल्लाे २४ घण्टामा १ सय ७ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या १२ हजार ९ सय ४७ पुगेकाे छ । यस्तै नेपालमा हाल १९ हजार ४ सय ४४ जना क्‍वारेन्टिनमा छन् ।

    शुक्रबार वीरगञ्जका एक ८५ वर्षीय वृद्धाको मृत्यु भएको र बिहीबार उनमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार