काठमाडौं । शुक्रबार देशभर १ सय ३३ जना काेराेना संक्रमित भेटिएका छन् । गत २४ घण्टामा गरिएकाे ३ हजार ९ सय ८७ जनाको पीसीआर परीक्षणबाट यी संक्रमित भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १८ हजार २ सय ९४ जना पुगेको छ।
नेपालमा पछिल्लाे २४ घण्टामा १ सय ७ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या १२ हजार ९ सय ४७ पुगेकाे छ । यस्तै नेपालमा हाल १९ हजार ४ सय ४४ जना क्वारेन्टिनमा छन् ।
शुक्रबार वीरगञ्जका एक ८५ वर्षीय वृद्धाको मृत्यु भएको र बिहीबार उनमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ।