Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लक्ष्यभन्दा बढी राजश्व उठाउन सफल


    शुक्रबार, साउन ९ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सङ्खुवासभा । करदाता सेवा कार्यालय खाँदबारी आर्थिक वर्ष २०७५/७६ को तुलनामा यस आर्थिक वर्ष २०७६/७७ मा ६८.६४ प्रतिशत बढी आन्तरिक राजश्व कर उठाउन सफल भएको छ । गत आर्थिक वर्षमा आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क कर, ब्याज कर, बहालकर, पूँजीगत लाभकरलगायतका शीर्षकबाट रु २४ करोड ७४ लाख राजश्व सङ्कलन भएको हो ।

    अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा ती शीर्षकमा कूल १४ करोड ६७ लाख राजश्व सङ्कलन भएको थियो । करदाता सेवा कार्यालय खाँदबारीमा हाल व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता सङ्ख्या पाँच हजार ७६६, व्यावसायिक लेखा नम्बर लिने करदाता चार हजार ६६८ रहेको र ७४९ जना सेवाग्राहीले व्यावसायिक स्थायी लेखा नम्बर लिएको कर अधिकृत राजन विकले जानकारी दिनुभयो । लामो समयदेखि मुलुक कोभिड–१९ का कारण लकडाउन भएसँगै राजश्व उठाउनसमेत सरकारलाई हम्मेहम्मे परिरहेको बेला करदाता सेवा कार्यालय सङ्खुवासभाले भने यस आवमा बढी राजश्व उठाउन सफल भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार