Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ४ लाख घुससहित समातिए दुई इञ्जिनियर


    शुक्रबार, साउन ९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ लाख घुससहित दुई इञ्जिनियर पक्राउ गरेको छ। राष्ट्रिय पुन:निर्माण प्राधिकरणअन्तर्गत मर्स्याङगी गाउँपालिकामा कार्यरत इन्जिनियर भुपेन्द्रकुमार मण्डल र असिस्टेन्ट सव इन्जिनियर टीकाप्रसाद गुरुङलाई ४ लाख घुससहित पक्राउ परेका हुन् ।

    दुवैजनाले आठजनासँग भवन निर्माणको किस्तावापत प्राप्त गर्नुपर्ने रकमबाट विभिन्न बहानामा ५० हजारका दरले घुस मागेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिएका छन्। उनी विरुद्ध उजुरीको आधारमा उनी पक्राउ परेका हुन्।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट गएको टोलीले बेसीसहर बजारबाट बिहीबार नियन्त्रणमा लिएको बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार