Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति निवासमा बोलाइए सम्पादकहरु


    शुक्रबार, साउन ९ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो समय विवादमा मुछिएकी राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पादक तथा पत्रकारसँग छलफल गर्न लागेकी छिन् ।

    आज दिउँसो भेटघाटका लागि भन्दै केही दैनिक पत्रिका, अनलाइन र टेलिभिजनका सम्पादकहरुलाई शितल निवासमा बोलाइएको थाहा भएको छ । 

    राष्ट्रपति कार्यालयले यसलाई सामान्य भेटघाट मात्र भनेको छ । तर पछिल्लो समय नेकपाको विवादमा राष्ट्रपति मुछिएको र चर्को आलोचना हुन लागेपछि यही बारेमा छलफल गर्नका लागि सम्पादकहरुलाई बोलाइएको बताइन्छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार