वीरगञ्ज । नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेमा एक जना थपिएको छ । शुक्रबार वीरगञ्जमा एक ८५ वर्षीय वृद्धाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।
केही दिन अघि श्वासप्रश्वासमा समस्या आइ ती वृद्धालाई भान्स अस्पतालमा भर्ना गरिएको थियो । ती वृद्धा मुटु रोगी समेत रहेको बताइएको छ । कोरोना पुष्टि भएसँगै उनलाई गण्डक अस्पताल रिफर गरिएको थियो ।
गण्डक अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान साढे ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।