Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एक वर्षीय बालकमा देखियो कोरोना


    शुक्रबार, साउन ९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कालीकोट । कालीकोट जिल्लामा एक वर्षीय बालकसहित दुई जनामा कोरोना भेटिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा उनीहरुमा शुक्रबार कोरोना पुष्टि भएको हो । 

    जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटका सूचना अधिकारी कटकबहादुर महतका अनुसार बालकबाहेक अर्का २५ वर्षीय पुरुषमा कोरोना देखिएको जानकारी दिए । 

    याेसहित अब कालीकोटमा कोरोना संक्रमित हुनेको संख्या ६३ पुगेको छ । अहिलेसम्म ५० जना निको भैसकेको र १३ जना आइसोलेसनमा रहेको समेत महतले बताए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार