Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विदेशीलाई प्रवेशाज्ञा दिनेबारे निर्णय गर्दै कुवेत


    शुक्रबार, साउन ९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कोरोनाभाइरसको महामारी फैलिएसँगै विश्वका अधिकांश देशले आफ्नो देशमा आउनजान रोक लगाएका थिए । यसरी रोक लगाएपनि देशमा आउनुपर्नेहरुका लागि सम्बन्धित देशहरुले भिसामा सहजता बनाइ आउन दिने गरेका छन् ।

    यही क्रममा खाडी मुलुक कुवेतले पनि कुवेत फर्कन नपाएका विदेशी नागरिकको बसोबासको अनुमतिका लागि अहिले समीक्षा गरिरहेको जनाएको छ ।

    बिदामा स्वदेश फर्किएका र कोरोना महामारीका कारण तोकिएको समयमा फर्कन नपाएकाको कुवेतको बसोबासको अनुमतिका सन्दर्भमा निर्णय गर्ने तयारी रहेको कुवेतको आन्तरिक मन्त्रालयले जनाएको छ । कुवेतले विभिन्न विकल्पमाथि छलफल गरिरहेको बताइएको छ ।

    समयमा फर्कन नपाउँदा प्रवेश अनुमति सकिएकाको हकमा भिजिट भिसामार्फत प्रवेश अनुमित दिने र रोजगारदाताबाट बसोबासको भिसा लिने विकल्प पनि अघि सारेको छ । तर यस सम्बन्धमा थप विचार गर्ने कुवेतले जनाएको छ । यस सम्बन्धमा गरिएको अध्यनले भने तीन समूहका नागरिकलाई प्रवेश नदिन सुझाव दिएको छ ।

    ६० वर्ष माथिका, झुटा कम्पनीबाट भिसा लिएका र कुवेतको मुख्य क्षेत्रमा काम नगर्ने अर्थात सामान्य कामदारको रुपमा कार्यरत श्रमिकलाई अहिले प्रवेशको अनुमति नदिन सुझाव दिइएको छ । घरेलु श्रमिकको सन्दर्भमा भने उनीहरुको उमेर र पृष्ठभूमिमा भर पर्नेछ । ६० वर्ष माथिकाको हकमा भने उनीहरुलाई प्रवेश गर्न नदिइने जनाइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार