Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • सुनको मूल्यमा नयाँ कीर्तमान, पुग्यो तोलाको ९५,८००


    शुक्रबार, साउन ९ २०७७
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । शुक्रबार सुनको मूल्य हालसम्मकै महँगो भएको छ । बिहीबारको तुलनामा एकैदिन १ हजार ३ सय बढेपछि सुनले नयाँ कीर्तमान कायम गरेको हो । 

    आज सुनको मुल्य प्रतितोला ९५ हजार ८ सयमा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार भने सुन प्रतितोला ९४ हजार ५ सयमा कारोबार भएको थियो । 

    आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ५० पुगेको छ। बिहीबार चाँदीको मूल्य ११ सय ४५ प्रतितोलामा कारोबार भएको थियो।

    सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै घटबढ भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार