काठमाडौं । शुक्रबार सुनको मूल्य हालसम्मकै महँगो भएको छ । बिहीबारको तुलनामा एकैदिन १ हजार ३ सय बढेपछि सुनले नयाँ कीर्तमान कायम गरेको हो ।
आज सुनको मुल्य प्रतितोला ९५ हजार ८ सयमा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार भने सुन प्रतितोला ९४ हजार ५ सयमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ५० पुगेको छ। बिहीबार चाँदीको मूल्य ११ सय ४५ प्रतितोलामा कारोबार भएको थियो।
सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै घटबढ भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।