Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चुनावलगत्तै पेट्रोलियम पदार्थमा मूल्यबृद्धि, पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ बढ्यो


    शनिबार, बैशाख ३१ २०७९
    825
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । स्थानीय तहको निर्वाचनको भोलिपल्टै नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गरेको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले शनिबार रातिदेखि लागू हुनेगरी डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने निर्णय गरेको छ ।  

    निगमले प्रतिलिटर यति धेरै मूल्यबृद्धि गरेको थिएन । तर चुनाव लगत्तै सरकारले चर्को मूल्यबृद्धि गरेपछि अब उपभोग्य सामानको समेत चर्को मूल्यबृद्धि हुने संभावना छ । मूल्यबृद्धिपछि अब पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजेलको मूल्य प्रतिलिटर १५४ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने बढाइएको छैन ।

    निगमका अनुसार मूल्यबृद्धिपछि पनि नेपाल आयल निगमलाई पेट्रोलमा प्रतिलिटर १४.३६ रुपैयाँ र डिजेलमा प्रतिलिटर ३१.४४ रुपैयाँ घाटा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार