Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्लाही हरिपुरको एक वडामा एकीकृत समाजवादीले खोल्यो खाता


    शनिबार, बैशाख ३१ २०७९
    600
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकाको एक वडामा नेकपा एकीकृत समाजवादीले जित हासिल गरेको छ ।

    नेकपा एकीकृत समाजवादीबाट हरिपुर नगरपालिका–९ को वडाध्यक्षका उम्मेदवार विश्वनाथ राय यादव ११ सय ८७ मतका साथ विजयी भएका छन् । यादवका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार हरिनाथ साहले ५ सय ५५ मत मात्र प्राप्त गरे । 

    यस्तै उक्त पालिकामा मेयरका उम्मेदवार नेकपा माओवादी केन्द्रका सुनिल बुढाथोकीले १ हजार ४७ मतसहित अग्रता कायम गरेका छन् । नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार गोपाल पंजियार १ हजार १६ मतसहित र निवर्तमान मेयर जमरुद्दिन मन्सुरले ९ सय ७५ मतसहित चुनावी मैदानमा छन् ।

    यसैबीच उपमेयरका उम्मेदवारहरूमा एकीकृत समाजवादीकी शिलु कार्की १२ सय २५ मतसहित अग्र स्थानमा छन् । नेकपा माओवादी केन्द्रकी अनिता देवी १ हजार १८ मत र नेपाली कांग्रेसकी उम्मेदवार निलमदेवी राय यादव ८ सय मतसहित तेस्रो स्थानमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार