Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ख्वप कलेजका सर्टिफिकेट नक्कली भन्नु अज्ञानताको पराकाष्ठा: विजुक्छें


    सोमबार, बैशाख २६ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजले विद्यार्थीलाई दिने सर्टिफिकेट नक्कली भन्नु अज्ञानताको पराकाष्ठा भएको बताएका छन् । 

    भक्तपुरको दत्तात्रयमा सोमबार बेलुकी भएको एउटा चुनावी सभामा उनले सर्टिफिकेट कलेजले दिने नभई विश्वविद्यालयले दिने बताएका थिए । यो बारेमा सामान्य ज्ञान पनि नहुनु देशका केही नेताहरूमा सामान्य जानकारी पनि नहुनुको उदाहरण भएको बताए । 

    ‘एउटा ठूलो दलको केन्द्रीय सदस्य जस्तो उच्चो पदमा पुगिसकेको मान्छे, पूर्व मन्त्री, सांसदसमेत रहेका मानिसमा यस्ता सामान्य जानकारी पनि नहुनु दुरभाग्यपूर्ण छ’, उनले भने । 

    केही दिन अगाडि भक्तपुर नगरपालिका वडा नम्बर १ मा भएको एउटा चुनावी सभामा नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय सदस्य एवं एमालेबाट भक्तपुर क्षेत्र नम्बर २ बाट जितेका संघीय सांसद महेश बस्नेतले ख्वप कलेजले दिएको सर्टिफिकेट नक्कली भएको सार्वजनिक भाषण गरेका थिए । 

    उनले बोलेको उक्त भाषण सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसकाविरुद्ध सामाजिक सञ्जालमै सयौं प्रतिक्रिया आउने क्रम अझै जारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार