सुर्खेत । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दैलेखमा सत्ता साझेदार दलहरूबीच गठबन्धन गरेर अघि बढ्ने सहमति भएको छ । ११ वटा स्थानीय तह रहेको दैलेखमा २०७४ मा शून्यमा रहेको नेकपा माओवादी केन्द्रले दुई वटा पालिकामा प्रमुख र चारवटामा उपप्रमुख पाएको छ ।
नेपाली कांग्रेसले ६ वटा प्रमुख र ५ वटा उपप्रमुख पाएको छ भने एकीकृत समाजवादीले ३ वटा प्रमुख र दुईवटा उपप्रमुख पाएको छ ।
लामो समयदेखि सहमतिको प्रयास भए पनि आज मात्रै भागबण्डा मिलेको हो । औपचारिक घोषणा भने हुन सकेको छैन । गठबन्धन दलको बैठकले पालिकाको नेतृत्व कसले गर्ने भन्ने टुंगो लगाएको स्रोतले जनाएको छ ।
स्रोतले दिएको जानकारी अनुसार जिल्ला सदरमुकाममा रहेको नारायण नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एकीकृत समाजवादीको भागमा परेको छ । यस्तै महाबु गाउँपालिकामा अध्यक्ष नेकपा एकीकृत समाजवादी र उपाध्यक्ष नेपाली कांग्रेसको भागमा परेको स्रोतले जनाएको छ ।
यस्तै नौमूले गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेसलाई भाग पर्दा नेकपा एकीकृत समाजवादी भागमा उपाध्यक्ष परेको छ । भगवतीमाई गाउँपालिकाको अध्यक्ष भने नेकपा माओवादी केन्द्रको भागमा परेको छ भने उपाध्यक्ष नेपाली कांग्रेसले पाएको छ ।
यस्तै डुङ्गेश्वर गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेस र उपाध्यक्ष नेकपा माओवादी केन्द्रको भागमा परेको छ । यस्तै गुराँस गाउँपालिकामा पनि अध्यक्ष नेपाली कांग्रेस र उपाध्यक्ष नेकपा माओवादी केन्द्रको भागमा परेको छ । त्यसैगरी दुल्लु नगरपालिकाको मेयरमा नेपाली काँग्रेस र उपमेयर नेकपा माओवादी केन्द्रको भागमा परेको छ ।
त्यस्तै भैरवी गाउँपालिकाको अध्यक्ष नेकपा एकीकृत समाजवादी र उपाध्यक्ष नेपाली कांग्रेसको भागमा परेको छ । चामुण्डाविन्द्रासैनी नगरपालिकाको मेयर नेकपा एकीकृत समाजवादी र उपमेयर नेपाली कांग्रेसको भागमा परेको छ ।
ठाटीकाँध गाउँपालिकाको अध्यक्ष भने नेकपा माओवादी केन्द्रलाई भाग पर्दा उपाध्यक्ष नेपाली कांग्रेसले पाउने स्रोतले जनाएको छ । त्यस्तै आठबीस नगरपालिकाको मेयर नेपाली कांग्रेसले पाउँदा नेकपा माओवादी केन्द्रले उपमेयर पाउने निश्चित जस्तै भएको बताइएको छ ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend