Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेबाट काठमाडौंको मेयरमा केशव स्थापित, उपमेयरमा सुनिता डंगोल 


    शनिबार, बैशाख १० २०७९
    2.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा(एमाले)ले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने भएको छ । उपमेयरमा सुनिता डंगोललाई उठाउने निर्णय गरेको छ ।

    एमालेले हालका मेयर विद्यासुन्दर शाक्यलाई पुनः दोहोर्याउने अनुमान बिपरीत स्थापितलाई अगाडि सारेको छ । केशव स्थापित २०५४ मा मेयरमा निर्वाचित भएका थिए । मेयर भएपछि उनी कुनै न कुनै रुपमा चर्चामा आइनै रहे । उनको चर्चामा आउने क्षमतालाई देखेरै एमालेले उम्मेदवारब बनाएको छ । सत्तारुढ पाँच दलबीच गठबन्धन भएपछि एमालेले शाक्यले जित्न नसक्ने आँकलन गरी केशव स्थापितलाई मेयरका रुपमा अगाडि सारेको छ ।

    कांग्रेसले भने सृजना सिंहलाई काठमाडौंको मेयरमा उम्मेदवार बनाउने भएको छ । कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती सृजनालाई मेयर र नेकपा समाजवादीका रामेश्वर श्रेष्ठ उपमेयरमा उम्मेदवारका रुपमा सत्ता गठबन्धनबाट प्रस्तावित छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार