Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिन्धुलीमा कांग्रेस–माओवादी गठबन्धनः नेकपा समाजवादीलाई समेटिएन


    शनिबार, बैशाख १० २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • सिन्धुली । शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने आधारभूमि तयार गर्ने नेकपा समाजवादीलाई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उपेक्षा गर्न थालेका छन् । स्थानीय तह निर्वाचनमा देशब्यापी गठबन्धन गर्ने सत्तारुढ ५ दलको नीति छ । तर सुदुरपश्चिम प्रदेशदेखि विभिन्न जिल्लामा नेकपा समाजवादीलाई नसमेटी कांग्रेस र माओवादीले गठबन्धन गरेका छन् । 

    यसैक्रममा सिन्धुलीमा पनि नेकपा समाजवादीलाई एउटा पनि स्थानीय तहमा प्रमुख नदिई नेकपा माओवादी केन्द्र र कांग्रेसले गठबन्धन गर्नेगरी भागबण्डा गरेका छन् । सिन्धुलीका ९ स्थानीय तहमध्ये नेपाली कांग्रेस ५ र नेकपा (माओवादी केन्द्र) ले ४ पालिका लिनेगरी तालमेल गरेका छन् । कांग्रेसले कमलमाई नगरपालिकासहित गोलन्जोर, फिकल, तीनपाटन, घ्याङलेक गाउँपालिका पाएको छ । माओवादीले दुधौली नगरपालिकासहिहत मरिण, हरिहरपुरगढी र सुनकोशी गाउँपालिका पाएको छ । जसले पालिका प्रमुख पाएको छ, उपप्रमुख अर्को दलको हुने भएका छन् । 

    दुई दलले भागबण्डा गरेपछि पाँच दलीय गठबन्धनभित्र विवाद उत्पन्न भएको छ । दुई दलले मात्र भागबण्डा गरेपछि गठबन्धनमा रहेका अन्य तीन दलले संयुक्त प्रेस विज्ञप्ति जारी गरी कांग्रेस र माओवादीलाई सीट बाँडफाँडको निर्णय सच्याउन माग गरेका छन् । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष सूर्य पाख्रिन, जनता समाजवादी पार्र्टी (जसपा) का अध्यक्ष सुरदबहादुर स्याङ्तान र राष्ट्रिय जनमोर्चाका सचिव हिरा श्रेष्ठले जारी गरेको विज्ञप्तिमा दुई दलीय निर्णय सच्याउन माग गरिएको छ । 

    नेकपा समाजवादीलाई एउटा पनि पालिकाको मेयर दिइएको छैन । दुधौली नगरपालिकामा नेकपा समाजवादीको प्रभाव छ । तर माओवादीका सिन्धुलीका अध्यक्ष राजन दाहाल(लेखनाथ)लाई पीए दिनेश अधिकारी दनुवारलाई मेयर बनाउनुपर्ने भएकाले उनले समाजवादीलाई गठबन्धनबाटै आउट गर्ने खेल रचेका छन् । नेकपा समाजवादीलाई उपमेयरसम्म दिन माओवादी र कांग्रेस तयार देखिएका छैनन् ।

    दुधौली नगरपालिकाका तीन वटा ९, १२ र ३ नम्बर वडामा नेकपा समाजवादीको जित्ने मत छ । अरु गाउँपालिका र नगरपालिकामा पनि नेकपा समाजवादीको संगठन छ । सत्ता गठबनन्धनको तेसूो दललाई उपेक्षा गर्दा सिन्धुलीमा गठबन्धनलाई धक्का पुग्ने भएको छ । दुधौलीको ९ नम्बर वडामा त समाजवादीका बिमलकुमार राउतले वडाध्यक्षमा आफू उम्मेदवार हुने र जित्ने बताएका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार