Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • धनगढीमा कांग्रेसका वडलाई नेकपा समाजवादीले सहयोग नगर्ने, चुनाव जित्न कठिन हुने 


    शनिबार, बैशाख १० २०७९
    1.4K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • धनगढी । २०७४ सालको निर्वाचनमा झिनो मतान्तरले पालिकामा निर्वाचित काग्रेस पार्टीलाई यसपटक धनगढीमा चुनाव जित्न सकस हुने भएको छ । नेपाली कांग्रेसको गढको रुपमा चिनिएको सुुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा पुनः पुरानै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने भएको हो ।

    कांग्रेसका नृप वड र स्वतन्त्र उम्मेदवार गोपाल हमाल दोश्रो भएका थिए भने माओवादी तेस्रो र नेकपा (एमाले) चौथो भएको थियो । कांग्रेसले टिकट नदिएपछि हमालले मकै चिन्ह लिएर ओडविरुद्ध स्वतन्त्र उम्मेदवारी मात्रै दिएनन् कडा प्रतिस्पर्धी नै बन्न सफल भएका थिए ।

    यसपटकको चुनावमा पाँच दलले देशभर गठबन्धन गरेर उपमहानगरपालिकाको भागबण्डादेखि उम्मेदवार समेत घोषणा भैसकेका छन् । तर गठबन्धनभित्रको सुदूरपश्चिममा आफ्नो बर्चश्व राखेको नेकपा (समाजवादी)ले भने धनगढीमा गठबन्धमा भाग नलिने बताइसकेको छ ।

    सो पार्टीले उम्मेदवार भागबण्डामा आफ्नो सम्मानजनक उपस्थिति नगराएपछि एकल उम्मेदवारी दर्ता गर्न लागेको छ । समाजवादीले धनगढीमा उपप्रमुख अथवा कम्तीमा ६ वटा वडा मागेको बुुझिएको छ ।  

    २०७४ को चुनावमा धनगढी उपमहानगरपालिका कांग्रेसका नृप वडले १३ हजार ३ सय २४ मत पाएका थिए भने स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ हजार ५सय २७ मत प्राप्त गरेका थिए । जसको मतान्तर १७ सय ९७ हुन आउँछ ।

    यस्तै तेस्रो भएको माओवादी केन्द्रका रामसमझ रानाले १० हजार २ सय ९ मत ल्याएका थिए भने चौथो भएका एमालेका दुुर्गाप्रसाद जोशीले ९ हजार ९ सय ४६ प्राप्त गरेका थिए । माओवादीले समाजवादी भन्दा २ सय ६३ मत मात्रै बढी ल्याएको थियो । माओवादीका तत्कालीन उम्मेदवार काग्रेस प्रवेश गरेपछि धनगढीमा निकै कमजोर बनेको थियो । रानाले जातीय मत प्राप्त गरेको धनगढीमा चर्चा छ । 
    यसपटकको निर्वाचनमा ५ दलको गठबन्धनमा नेपाली कांग्रेसलाई निर्वाचित गराउन नेकपा समाजवादी निर्णायक हुुने भएको छ । समाजवादी पार्टीले धनगढीमा आफ्नो उपस्थिति माओवादीको भन्दा राम्रो रहको दाबी गर्दै आएको छ । सबै टोलहरुमा टोल कमिटी र ८ हजार संगठित सदस्य रहको बताएको छ ।

    यद्यपि नेकपा समाजवादीले गठबन्धनमा तालमेल नगरे कांग्रेसले हार व्यहोर्नुपर्ने कांग्रेसकै नेताहरु बताउँछन् । यता समाजवादीले एक्लै निर्वाचनमा लडे स्वतन्त्र उम्मेदवार र एमालेलाई फाइदा हुने विश्लेषण गरिएको छ ।

    अघिल्लो चुनवामा राप्रपाले ८ सय २९ मत, मधेशी जनाधिकार फोरम लोकतान्त्रिकले ४ सय ५९ मत प्राप्त गरेका थिए । तत्कालीन राप्रपाको नेतृत्व नै अहिले नेकपा समाजवादी पार्टीमा प्रवेश गरिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार