Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रामेछाप एमालेमा पहिरो, गाउँपालिका अध्यक्षसहित जनप्रतिनिधि नेकपा समाजवादीमा प्रवेश


    शनिबार, बैशाख १० २०७९
    985
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • रामेछाप । नेकपा (एमाले)ले स्थानीय निर्वाचनमा जितेका पालिका अध्यक्ष वा मेयरलाई नै यसपटक पुनः दोहोर्याउने नीति बनाएको छ । तर कतिपय ठाउँमा दस बुँदेका समर्थकको ट्याग भिराउँदै त नेताको स्वार्थ अनुसार नचलेका कारण यसअघि जितेका अध्यक्ष वा मेयरलाई टिकट नदिई नेताका निकटहरुलाई दिएपछि एमाले छाड्ने क्रम बढेको छ ।

    यसैक्रममा रामेछापको खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङलाई पनि नेताको स्वार्थ अनुसार काम नगरेको भन्दै अन्याय गरिएपछि उनी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

    एमालेका केन्द्रीय सदस्य कैलाश ढुंगेलको स्वार्थ अनुसार नचलेकाले पार्टीको नीति भए पनि खाँडादेवी गाउँपालिकाको अध्यक्षमा प्रेमबहादुरको साटो इन्द्रबहादुर तामाङलाई दिने निर्णयपछि उनी नेकपा समाजवादीमा प्रवेश गरेका छन् । अध्यक्ष प्रेमबहादुर तामाङलाई नेकपा समाजवादीका रामेछाप जिल्ला इन्चार्ज देवशंकर पौडेल, सहइन्चार्ज होम बुढाथोकीलगायतका नेताहरुले स्वागत गरेका छन् । तामाङको प्रवेशले खाँडादेवी गाउँपालिकामा नेकपा समाजवादी थप मजबुत भएको छ ।

    प्रेमबहादुर तामाङ नेकपा एमालेका बागमती प्रदेश कमिटी सदस्य पनि हुन् । प्रेम तामाङसहित नेकपा एमाले जिल्ला कमिटी सदस्य असलसिङ तामाङ, खाँडादेवी गाउँ कमिटी सचिव मोतीलाल तामाङ, खाँडादेवी गाउँपालिका वडा न. ७ को वडा सदस्य धनराज तामाङले पनि एमाले परित्याग गरेका छन् । एमाले परित्याग गर्दै प्रेम तामाङले भनेका छन्–नेपाली कम्युनिष्ट आन्दोलन र नेपालको राष्ट्रिय राजनीति प्रमुख भूमिका निर्वाह गर्दै आएको नेकपा एमालेमा २८ बर्षदेखि संगठित भई र कम्युनिष्ट आन्दोलनमा क्रियाशील भएको ३ दशक नाघिसकेको सबैमा अवगत नै छ ।

    नेपाली राष्ट्रिय राजनीतिको मूल मियो भएर राज्यसत्ता संचालन गर्ने अवसर पाएर पनि पार्टीको मूल नेतृत्वको चरम व्यक्तिवादी स्वेच्छाचारिता, गुटगत संकीर्ण मानसिकता,अदूरदर्शी र अपारदर्शी क्रियाकलाप, सर्वसत्तावादी सोच, अधिनायकवादी कार्यशैली, कोठे राजनीति, षड्यन्त्रकारी आचरणका कारण सुदृढ र एकताबद्ध पार्टीमा विभाजन आयो । जसले सिङ्गो कम्युनिष्ट आन्दोलन र मुलुकले क्षति ब्यहोर्नुपरेको यथार्थ पनि सबैसामु स्पष्ट नै छ । यो पार्टीमा रहँदा–बस्दा मैले योगदान त अथक परिश्रमबाट खाँडादेवी गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी पाई गौरवपूर्ण जित हात पारेको समेत खुलस्त पार्दै आफूले जतिसुकै राम्रो काम गरेता पनि पार्टीले मुल्यांकन नगरेको र पार्टीको नेतृत्वकर्ता स्वार्थमा लिप्त भई आफुलाई नेतृत्वकर्ताले हेपाहा व्यवहार देखाउन थालेपछि एमालेबाट बिद्रोह गर्न बाध्य भएको जानकारी गराएका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार