Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महानगरको उम्मेदवार छान्न बालुवाटरमा नेपाली कांग्रेसको बैठक


    शनिबार, बैशाख १० २०७९
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  महानगर र उपमहानगरको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको शीर्षनेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । 

    बैठकमा वर्तमान र पूर्व पदाधिकारी सहभागी छन् । शीर्ष नेताहरूबीच सहमति जुटेपछि सनिबारनै कार्यसम्पादन समितिको बैठक बस्ने बैठकमा सहभागी एक नेताले बताए । 

    कांग्रेसले काठमाडौं, बिराटनगर र ललितपुर महानगरपालिकामा मेयरको लागि उम्मेदवार तय गर्नुपर्ने छ । ६ वटा महानगरमध्ये कांग्रेसको भागमा ३ वटा परेको छ भने बाँकी ३ वटा भरतपुर, पोखरा र बीरगंज क्रमशः माओवादी केन्द्र, नेकपा समाजवादी र जसपाको भागमा परेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार