गोरखा । सत्ता गठबन्धनमा रहेका दलहरुबीच भागबण्डा नमिलेपछि गोरखामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले छुट्टै छलफल सुरु गरेका छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीबीचको छलफलले भागबण्डा टुंग्याउन नसकेपछि दुई पार्टीबीच मात्र तालमेलका लागि छलफल भएको हो ।
शनिबार दिउँसो कांग्रेस र माओवादी केन्द्रको केन्द्रीय सदस्यसहितको बैठक बसेको नेताहरुले बताएका छन् ।
छलफलमा जिल्लाको एघार पालिकामध्ये सात वटाको नेतृत्व कांग्रेसले लिने र बाँकी चार वटाको नेतृत्व माओवादी केन्द्रले लिने गरी सहमति नजिक पुगेको स्रोतले जनाएको छ ।
कांग्रेसले गोरखा नगरपालिका, गण्डकी, भीमसेन थापा, धार्चे, सिरानचोक, आरुघाट र अजिरकोट गाउँपालिकाको नेतृत्व लिने र माओवादी केन्द्रले पालुङटार नगरपालिका, बारपाक सुलिकोट, शहीद लखन र चुमनुब्री गाउँपालिकाको नेतृत्व लिने गरी छलफल अघि बढेको बैठकमा सहभागी एक नेताले बताए ।
बैठकमा कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, अब्दुल सतार र माओवादी केन्द्रका जिल्ला इन्चार्ज कृष्ण धिताल, केन्द्रीय सदस्य अमर तमु लगायत सहभागी छन् । छलफलमा सहमतिको नजिक पुगेपनि अधिकारिक निर्णय भने भइसकेको छैन ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend