काठमााडौँ । १२ पालिका रहेको गुल्मीमा नेपाली कांग्रेस र नेकपा माओवादीलाई भागवण्डा मिलाउँदा नेकपा एस, जसपा तथा राष्ट्रिय जनमोर्चालाई भागवण्डा नमिलेपछि असन्तुष्ट बनेका छन् ।
सत्तारुढ पाँच दलीय गठबन्धनले गुल्मीका अधिकांश स्थानीय तहका अध्यक्ष तथा प्रमुखका उम्मेदवार टुंग्याएपनि गठबन्धनमा रहेका तीन दललाई भाग नपुगेपछि असन्तुष्ट बनेका हुन् ।
धुर्कोट गाउँपालिकामा कांग्रेस माओवादी दुवै दलको दाबी रहेको कारण उम्मेदवार टुंग्याउन ढिलाइ भएकोमा अन्ततः माओवादी कांग्रेसलाई छाड्न सहमत भएको छ ।
यो सँगै माओवादीले अन्य चार स्थानीय तहमा आफ्ना उम्मेदवार अघि सार्दै छ ।
मालिका गाउँपालिकामा देवीराम अर्याल र रुरु गाउँपालिकाको अध्यक्षमा यदु ज्ञवालीको नाम माओवादीले टुंग्याइसकेको छ ।
त्यस्तै चन्द्रकोट गाउँपालिकामा पनि माओवादीले आफ्नो उम्मेदवार अघि सार्दै छ ।
कांग्रेसले धुर्कोट नदिएर मदाने गाउँपालिकाको नेतृत्वका माओवादीलाई दिएको जनाएको छ । मदानेमा माओवादीको तर्फबाट बुद्धि जिसी र बेगम चन्दको दाबी छ ।
अहिले माओवादीको भागमा परेका चार पालिकामा अघिल्लो पटक नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए ।
धुर्कोटमा अहिले पालिका प्रमुख माओवादीका भूपाल पोखरेल रहेकाले पनि यहाँ माओवादीले दाबी गरिरहेको छ तर कांग्रेसले अघिल्लो पटक नै माओवादी र कांग्रेसको गठबन्धन हुँदा कांग्रेसलाई दिने सहमति भएकाले कुनै हालतमा नछाड्ने नेता महेन्द्र भण्डारीले बताएका छन् ।
उनलाई यहाँबाट कांग्रेसले सर्वसम्मत पालिका अध्यक्षका रूपमा अगाडि सारेको छ ।
नेकपा एसका सचिव तथा सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको गृह जिल्ला भएकाले पनि नेकपा एसले यहाँबाट एक स्थानमा आफ्नो उपस्थिति खोजेको थियो भने अघिल्लो पटक उपप्रमुख जितेको जनमोर्चाले पनि दाव गरेको थियो ।
जसपाले १२ पालिका रहेका जिल्लामा आफ्नो उपस्थिति नै नभए गठबन्धनको अर्थ नहुने भनदे असन्तुष्टि व्यक्त गर्दै आएको छ ।
साना दलहरूको असन्तुष्टिका बीच कांग्रेस माओवादीले बाँडफाँड गरे पनि धुर्कोटको विवादका कारण प्रदेशस्तरीय संयन्त्रमा जिल्लाको विवाद पुगेको हो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend