Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महासचिव पाण्डेयलाई हिरासतमा लिएकोप्रति क्रान्तिकारी पत्रकार महासंघको आपत्ति


    शनिबार, बैशाख १० २०७९
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघले पत्रकार रवि पाण्डेयलाई हिरासतमा लिएकोप्रति आपत्ति जनाएको छ । क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष नारायण पंगेनीले शनिबार विज्ञप्ती जारी गर्दै महासंघका महासचिव पाण्डेयलाई नवलपरासी (बर्दघाट सुस्तापश्चिम)  इलाका प्रहरी कार्यालय सुनवलले हिरासतमा लिएकोप्रति आपत्ति जनाइएको हो ।

    शनिवार विहान नेकपा (क्रान्तिकारी माओवादी) ले सुनवल क्षेत्रमा गरेको निर्वाचन बहिष्कार कार्यक्रमको समाचार संकलन गर्न गएका पाण्डेलाई पक्राउ गरिइएको जनाइएको छ ।

    समाचार संकलन गरेकै आधारमा पक्राउ गरिनु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको भन्दै  महासंघले घोर विरोध र भत्र्सना गरेको छ । महासचिव पाण्डेयलाई विनाशर्त अबिलम्ब रिहाइ गर्न क्रान्तिकारी पत्रकार महासंघले माग गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार