Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मेयरले गैरकानुनी रकम निकासा गर्न खोजेको भन्दै फतुवा विजयपुरमा प्रदर्शन


    बुधबार, असार ३१ २०७७
    985
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • गौर । आर्थिक वर्षको अन्त्यमा गैरकानुनी रुपले रकम निकाल्न खोजिएको भन्दै नगरवासीले फतुवा विजयपुर नगरपालिकाको कार्यालय घेराउसहित प्रदर्शन गरिएको छ ।

    बुधबार सयौंको संख्यामा लक्ष्मिनियास्थित नगरपालिकाको कार्यालय घेराउ गर्न पुगेका नगरवासीले कर्मचारीको सेटिङमा नगरप्रमुखले फर्जी कागज बनाएर र रकम बढाएर रकम निकासा गर्न लागेको भन्दै विरोध जनाएका हुन् ।

    असार मसान्तमा मेयर, अधिकृत र लेखापालले मिलेमतोमा अवैध चेक बनाएर पैसा निकाल्न लागेको प्रदर्शनकारीको आरोप छ । नगरपालिका बाहिर लुकेर बजेट हिनामिना गरेको, एक रुपैयाँ पनि कर नतिरी बकैया नदीमा करोडौंको अवैध बालुवा गिट्टी उत्खनन गरेको, कोरोनाको नाममा बजेट अनियमितता गरेकोलगायतका गतिविधि हाबी भएपछि आफुहरु विरोधमा उत्रिएको स्थानीयले बताए ।

    स्थानीय सन्तोष साहले भने, ‘पहिला देखि नै यस नगरपालिकाको नेतृत्व चरम भ्रष्टाचारमा लिप्त छ । बिना टेन्डर बकैयाबाट हजारौं टिपर बालुवा गिट्टी दोहन भएको छ, त्यसबाट नगरपालिकाले एक रुपैयाँ कर पाएको छैन । सधै रकम बढाएर बिल बनाउने र बजेट दुरुपयोग गर्दै आएको छ । गलत हुँदाहुँदै पनि कारवाही नभएपछि हामी विरोधमा उत्रेका हौँ ।’

    ‘अहिले आर्थिक वर्षको अन्त्यमा नक्कली कागज बनाएर, नगर बाहिर लुकी छिपी चेक काटिदैछ । एक त अवैध त्यसमा पनि नगर क्षेत्र बाहिर बसेर बजेट लूटेको यो स्थितिमा पनि हामी विरोध नगरे यी भन्दा दयनीय अवस्था के हुन्छ र ?“ प्रदर्शनकारी स्थानीय प्रदीप यादवले भने, “हामी कुनै पनि हालतमा बजेट दुरुपयोग हुन दिदैनौ, अहिले कर्मचारी तथा माथिल्लो निकायको मिलेमतोमा जति भ्रष्टाचार गरे पनि जनस्तरबाटै बहिष्कार गर्नेछौँ ।’

    फर्जी बिल बनाउन कार्यपालिका सदस्यको घर घर पुगेर मेयरले हस्ताक्षर गर्न दबाब र प्रलोभन दिएकोप्रति आक्रोशित हुँदै स्थानीय विजय यादवले भने, ‘सुरुमा नै नगरपालिकाले थोरै रकमको काम गरेर ७६ लाखको बिल बनाएको थियो, अहिले पुनः त्यही बिललाई प्रतिस्थापन गरी १ करोड ३० लाखको बिल बनाउन नक्कली कार्यपालिका बैठकको रमिता रचेको तपाईंहरुलाई थाहै छ । यो निन्दनीय कार्य हो, हामी मेयरको दादागिरी सह्दैनौ । नगरपालिकामा कानुनी शासन लागू हुनुपर्छ ।’

    करिब ५ सयको संख्यामा नगरपालिका पुगेका स्थानीयले थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

    fatepur 2.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार