Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रुपन्देहीमा दुई जनाको शव फेला


    बुधबार, असार ३१ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • रुपन्देही । रुपन्देहीमा दुई जनाको शव फेला परेको छ । जिल्लाको सैनामैना र देवदहमा दुई जनाको शव फेला परेको हो।
    प्रहरीका अनुसार सैनामैना नगरपालिका वडा नं. ४ कुस्माहा भाटा बस्ने ४० वर्षीय जंगबहादुर मल्लाह मृत भेटिएका हुन्।

    बुधबार दिउँसो सवा ३ बजे बक्सड कर्माहास्थित सडकमा मल्लाह मृत फेला परेको र उनको मृत्युबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रन्यौराले जानकारी दिएको छ।

    त्यस्तै, देवदह नगरपालिका वडा नं.७ शितलनगरस्थित मदन आश्रित स्मृति सभाहलको बरन्डामा पहिचान नखुलेका व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ।

    अन्दाजी ४५र५० वर्ष उमेरको तराई मूलको जस्तो देखिने पुरूषको शव सडिसकेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

    प्रहरीले उक्त घटनाको थप अनुसन्धान सुरू गरेको जनाएको छ।

     बुधबार बिहान ९ बजेतिर प्युठानको ऐरावतीस्थित झिमरूक खोला किनारमा एक महिलाको शव फेला परेको छ।

    माण्डवी गाउँपालिका वडा नं. ५ की अन्दाजी ६० वर्षीया अमृता खड्का ऐरावती गाउँपालिका वडा नं. ४ धुवाङस्थित झिमरूक खोला किनारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार