Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अब अन्य बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क लाग्‍ने


    बुधबार, असार ३१ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कोभिड–१९ का कारण लकडाउन लागेसँगै बैंकहरुले जुनसुकै एटीएमबाट पैसा निकाले पनि शुल्क नलाग्‍ने व्यवस्था गरेकाे थियाे । साे व्यवस्था भोलि अर्थात् साउन १ देखि हट्ने भएको छ।

    यसअघि राष्ट्र बैंकले बैंकहरुलाई पैसा झिक्दा शुल्क नलिन निर्देशन दिएकाे थियाे । लकडाउनकाे अवधिमा बैंकका शाखाहरु समेत नखुलेका कारण सर्वसाधारणलाई सुविधा दिन याे व्यवस्था ल्याइएकाे थियाे । 

    नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघले बुधबार सूचना जारी गर्दै लकडाउनमा ल्याइएको शुल्क नलाग्‍ने व्यवस्था परिवर्तन हुने जानकारी दिएका हुन्।

     हाल लकडाउन खुकुलो भएको र सबै बैंकका शाखाहरु खुला रहेको अवस्थामा अन्तर्बैंक एटीएम प्रयोग गर्दा लाग्ने शुल्क लिने/नलिने निर्णय सम्बन्धित बैंक तथा वित्तीय संस्था आफैँले निर्धारण गर्न पाउने व्यवस्था रहेकाे जारी सूचनामा उल्लेख छ ।

    साथै कनेक्ट आईपीएस, एनसीएचएल–आईपीएस, एनसीएचएल–ईसीसी सम्बन्धी शुल्क निर्धारण नेपाल क्लियरिङ हाउस लिमिटेडले नै गर्ने सूचनामा जनाइएको छ।

     

    atm_notice_66.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार