काठमाडौं । ललितपुर महानगरपालिकामा हरिकृष्ण ब्यञ्जनकारलाई सर्वसम्मत सिफारिस गरेलगत्तै विराटनगर महानगरपालिकाको मेयरमा उम्मेदवार सिफारिस गर्ने नेकपा एमालेको दोस्रो महानगरपालिका कमिटी भएको छ ।
नेकपा एमालेका केन्द्रिय सदस्य तथा ललितपुर महानगरका इन्चार्ज ब्यञ्जनकार यसअघि पनि ललितपुर मेयरमा झिनो मतले पराजित भएका थिए, उनलाई पुनः ललितपुरमा सिफारिस गरिएलगत्तै विराटनगरले मेयरको उम्मेदवार छनोटका लागि पाँच जनाको नाम केन्द्रमा सिफारिस गरेको छ ।
गत शनिबार अबेरसम्म बसेको महानगर कमिटीको बैठकले नगरपालिकाका पार्टी अध्यक्ष सागर थापासहित पाँच जनाको नाम सिफारिस गरेको हो । जसअनुसार केन्द्रीय सदस्य रामलाल साह, मोरङ जिल्ला पार्टी उपाध्यक्ष बाबुराम कार्की, प्रदेश सदस्य पर्शुराम बस्नेत र महेश भट्टराईको नाम केन्द्रिय कार्यालयमा सिफारिस गरेर पठाउने निर्णय भएको अध्यक्ष थापाले जानकारी दिएका छन ।
यसअघिका मेयरका उम्मेदवार बिनोद ढकाल, पुर्वमन्त्री लालबाबु पण्डित तथा प्रदेश १ का पुर्व मन्त्री जीवन घिमिरे आंकाक्षी भए पनि अन्ततः सर्वसम्मत रुपमा ५ जना सिफारिस भएका हुन ।
ललितपुरका उपमेयरमा आस्था शाक्य र सरस्वती खडका आंकक्षी देखिएका छन भने बिराटनगरमा अञ्जु उपाध्याय, बिमला घिमिरे, शिल्पा कार्कीको नाम सिफारिस गरेर केन्द्रमा पठाउने निर्णय गरिएको छ । महानगरका मेयर र उपमेयर भने एमाले केन्द्रिय कार्यालयले तय गर्ने निर्णय यसअघि नै भईसकेको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend