Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नवलपरासीका चार गाउँ डुबानमा


    मंगलबार, असार ३० २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नवलपरासी । नवलपरासीमा लगातार परेको वर्षाको कारण पश्चिमतर्फका चार वटा गाउँ डुबानमा परेका छन्।

    जिल्लाको सरावल र पाल्हीनन्दन गाउँपालिकाका ४ वटा गाउँ डुबानमा परेका हुन्। ती गाउँका ३० घर डुबानमा परेका छन् भने ६ घर विस्थापित भएका छन्।

    त्यस्तै १५ सय भन्दा बढी बिघामा लगाइएको धानखेती पनि डुबानमा परेको छ। पछिल्लो तीन दिनदेखि आएको वर्षाको कारण स्थानीय झरही र धनेवा खोलामा आएको बाढीले सरावल गाउँपालिका वडा नं. ६का खडौना, मधौलिया, नौडिहवाका घरहरु डुबानमा परेका छन्।

    त्यस्तै पाल्हीनन्दन गाउँपालिका वडा नं.१ को शंकरपुर गाउँ पनि डुबानमा परेको स्थानीय उमेश बिकले बताए।

    डुवानमा परेका घर परिवारहरू छिमेकीका घरमा आश्रय लिएको र विस्थापित ६ घर परिवारलाई वडा कार्यालयमा खाना तथा बसोवासको व्यवस्था मिलाइएको सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चा‌ैधरीले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार