गुल्मी । करेन्ट लागेर गुल्मीमा एकजना वृद्धाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पुर्कोट दहका प्रहरी निरीक्षक पंकज चुँदालीका अनुसार मदाने गाउँपालिका–२ बाझकटेरी सिम्लेपाटा निवासी ६० वर्षीया कुमारी सार्कीको मृत्यु भएको हो ।
चुँदालीले भने, ‘उनको गोठमा बत्तीका लागि बिजुलीको तार जडान गरिएको रहेछ । उक्त तार मुसाले काटेका कारण सो भाग छुन पुग्दा उनलाई करेन्ट लागेको रहेछ ।’ मृतक महिलाको शवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पताल पठाइएको उनले बताए ।