Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • घुससहित नायब सुब्बा अख्तियारको फन्दामा


    मंगलबार, असार ३० २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी । सप्तरीको राजविराज स्थित भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्ने नासु कृष्ण बल्लभ ठाकुरले ट्रायल चेक गरी बढी जग्गाको श्रेष्ता कायम गरी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको उजुरी अख्तियारमा परेको थियो ।

    उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले ठाकुरलाई सेवाग्राहीसँग घुस लिएको १३ हजार रुपैयाँ सहित कार्यकक्षबाटै उनलाई रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार