Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पहिरोबारे अध्ययन गर्न भूगर्भविद्को टोली गुल्मीमा


    मंगलबार, असार ३० २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • गुल्मी । यही असार १८ गते अविरल वर्षासँगै गएको पहिरोकोबारेमा अध्ययन गर्नका लागि भूगर्भविद्को टोली गुल्मीमा ल्याइने भएको छ ।

    प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माका अनुसार अविरल वर्षासँगै गएको पहिरोका कारण जोखिममा रहेको क्षेत्र बस्तीका लागि योग्य हुने वा नहुने भन्ने बारेको अध्ययन गर्न भूगर्भविद् आउने भएको हो ।

    पहिरोले इश्मा गाउँपालिकामा दुईजना र मुसिकोट नगरपालिकामा एकजना गरी तीनजनाको मृत्यु भएको थियो भने पाँचजना घाइते भएका छन् । इश्माका १९४ र मुसिकोट नगरपालिकाका ५४ घरपरिवार विस्थापित छन् ।

    अविरल वर्षासँगै धेरै स्थानमा पहिरो गएका कारण गुल्मीका दर्जनौं बस्ती जोखिममा छन् ।

    बस्ती जोमिख भएपछि त्यस स्थानका नागरिकहरु विद्यालय तथा विभिन्न स्थानमा बनाइएका पालहरुमा बस्दै आएका छन् ।

    गत वर्ष पनि साउन ७ गते सत्यवती गाउँपालिकाको ठुलोलुम्पेक र लिम्घामा गएको पहिरोका कारण गुल्ममीमा १३ जनाको मृत्यु भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार