सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा २७ जना कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् ।
सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र दैलेख अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट मंगलबार थप २७ जनामा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये सुर्खेका १४ जना, दैलेखका ६ जना, जुम्लामा ५ जना, जाजरकोट र काठमाडौंका एकरएक जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा। लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १६९० पुगेको छ ।
यस्तै, कर्णालीमा मंगलबार थप ७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १४६२ पुगेको छ । अब कर्णालीमा सक्रिय संक्रमित २२२ जना रहेका छन् । जसमध्ये १९१ जना आइसोलेसनमा छन् भने बाँकीलाई आइसोलेसनमा लैजाने तयारी गरिएको छ ।
कर्णालीमा हालसम्म ६ जनाको मृत्यु भएको छ ।