काठमाडाैं । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले राजनीतिक नेतृत्वमा महिलाको सहभागिता बढाउन गाँउ–गाँउमा महिलाहरुलाई नेता बन्ने तालिम दिनुपर्ने बताएकी छन् ।
आउँदै गरेको स्थानीय तहको निर्वाचनमा महिलाहरुको सहभागिता बढाउन उनीहरुलाई राजनीतिप्रति आकर्षण गर्न आवश्यक रहेको उनले बताइन् । ‘हरेक दिन महिलामाथि हत्या, हिंसा र बलात्कार भैरहेको छ, त्यसको न्युनिकरणको लागि महिला साक्षर, आत्मनिर्भर र नेतृत्व तहमा हुन आवश्यक छ’ उनले भनिन् ।
तल्लो तहदेखि नै महिलालाई साक्षर बनाउँदै राजनीतिमा समेत सहभागिता बढाउन तालिमहरु प्रदान गरिरहेको उनले बताइन् । पहिले महिलालाई घरमुली बनाउनुपर्छ, दोस्रो समाजको नेता बनाउने र त्यसपछि पार्टीको नेता बनाउनुपर्ने मन्त्रीको जोड थियो । सोमबार रातोपाटीसँगको कुराकानीका क्रममा उनले नेतृत्व तहमा महिला पुगेपछि हिंसा अन्त्यको लागि उनीहरु आफैं लड्न सक्ने र नीति निर्माण गर्नसक्ने बताइन् ।
‘महिला माथिको हिंसा हरेक दिन बढेको छ । घरभित्रै महिला सुरक्षित हुन सकेका छैनन्, हिंसाको जरो घरभित्रै रहेको छ । आफ्नै परिवारबाट भएको धेरै हिंसाका घटना बाहिर आएको हुँदैन । नाबालिका स्कुल तथा विद्यालयमा समेत सुरक्षित हुन नसकेको अवस्था छ’ उनले भनिन् । यस्तो जटिल समस्या न्युनीकरणका लागि ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत घर–घरमै गएर पीडित र पीडक दुवैलाई सचेतना गर्ने गरेको मन्त्री रेग्मीले बताइन् ।
यस्ता कार्यक्रममार्फत आगामी वर्षमा महिला हिंसा कम गर्ने प्रयासमा मन्त्रालयले काम गरिरहेको उनले बताइन् । राजनीतिमा महिलाको सहभागिता ४१ प्रतिशत बढाएर ५० प्रतिशत पुर्याउनुपर्ने बताउँदै उनले जनसंख्याको हिसाबले नेतृत्वमा पुरुषको तुलनामा महिलाको संख्या बढी हुनुपर्नेमा जोड दिइन् ।
आफूले महिलाको मुद्दामा राम्रो काम गरिरहेको समेत मन्त्री रेग्मीले बताइन् । तर नेपाल प्रहरीको तथ्याङ्कअनुसार प्रत्येक वर्ष महिला हिंसा बढिरहेको देखिएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend