काठमाडौं । भगवान रामकाे जन्मभूमिबारे प्रधानमन्त्री केपी शर्मा ओलीकाे अभिव्यक्ति अहिले विवादित बनेकाे छ । धार्मिक आस्थासँग जाेडिएकाे घटना भएकाले भारत मात्र नभइ नेपालमै पनि उनकाे आलाेचना भैरहेकाे छ ।
यस्ताेमा प्रम ओलीकै पार्टी नेकपाका उपाध्यक्ष वामदेव गाैतमले उनलाई याे अवस्थाका लागि सुझाव दिएका छन् ।
वामदेवले भनेका छन्, ‘राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको मन्तव्यबाट जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको छ त्यसको व्यापकतालाई ध्यानमा राख्दै उहाँले आफ्नो मन्तव्य फिर्ता लिदैं जनतासमक्ष आत्मालोचना गर्नु म उपयुक्त ठान्दछु ।’
भानु जयन्तीको अवसरमा सोमबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले त्रेतायुगमा जन्मिएका भगवान रामको जन्मभूमिबारे सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
सामाजिक सञ्जालमार्फत् आफ्नाे विचार राख्दै वामदेवले दुई वर्ष अघिकाे घटनाक्रमकाे समेत स्मरण गरेका छन् । प्रम ओलीले दुई वर्षअघि यही विषयमा आफूलाई बताएको तर, आफूले यस्ता विषय तथ्य प्रमाण र अनुसन्धान बिना व्यक्त गर्न नहुने सल्लाह दिएको उनकाे भनाई छ ।
उनले यस्ता विषय प्रधानमन्त्रीले नभइ इतिहासकारले सार्वजनिक गुर्नपर्ने बताएका छन् । यस्तैगरी कम्युनिष्ट यथार्थवादी हुने भएकाले धर्म निरपेक्ष हुनुपर्ने विचार राखेका छन् ।
वामदेवले यस्ताे विषयमा अन्धाधुन्ध बाेल्नुभन्दा प्राविधिक तथा इतिहासविद्हरुको टोली बनाई अनुसन्धान र तथ्य संकलनमा लाग्न प्रम ओलीलाई सल्लाह समेत दिएका छन् ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
काठमाडौं । नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय...
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend