Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री ओलीलाई वामदेवकाे सुझाव– ‘जनतासमक्ष आत्मालाेचना गर्नुस्’


    मंगलबार, असार ३० २०७७
    2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । भगवान रामकाे जन्मभूमिबारे प्रधानमन्त्री केपी शर्मा ओलीकाे अभिव्यक्ति अहिले विवादित बनेकाे छ । धार्मिक आस्थासँग जाेडिएकाे घटना भएकाले भारत मात्र नभइ नेपालमै पनि उनकाे आलाेचना भैरहेकाे छ । 

    यस्ताेमा प्रम ओलीकै पार्टी नेकपाका उपाध्यक्ष वामदेव गाैतमले उनलाई याे अवस्थाका लागि सुझाव दिएका छन् । 

    वामदेवले भनेका छन्, ‘राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको मन्तव्यबाट जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको छ त्यसको व्यापकतालाई ध्यानमा राख्दै उहाँले आफ्नो मन्तव्य फिर्ता लिदैं जनतासमक्ष आत्मालोचना गर्नु म उपयुक्त ठान्दछु ।’ 

    भानु जयन्तीको अवसरमा सोमबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले त्रेतायुगमा जन्मिएका भगवान रामको जन्मभूमिबारे सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

    सामाजिक सञ्जालमार्फत् आफ्नाे विचार राख्दै वामदेवले दुई वर्ष अघिकाे घटनाक्रमकाे समेत स्मरण गरेका छन् । प्रम ओलीले दुई वर्षअघि यही विषयमा आफूलाई बताएको तर, आफूले यस्ता विषय तथ्य प्रमाण र अनुसन्धान बिना व्यक्त गर्न नहुने सल्लाह दिएको उनकाे भनाई छ । 

    उनले यस्ता विषय प्रधानमन्त्रीले नभइ इतिहासकारले सार्वजनिक गुर्नपर्ने बताएका छन् । यस्तैगरी कम्युनिष्ट यथार्थवादी हुने भएकाले धर्म निरपेक्ष हुनुपर्ने विचार राखेका छन् ।

    वामदेवले यस्ताे विषयमा अन्धाधुन्ध बाेल्नुभन्दा प्राविधिक तथा इतिहासविद्हरुको टोली बनाई अनुसन्धान र तथ्य संकलनमा लाग्न प्रम ओलीलाई सल्लाह समेत दिएका छन् ।

     
     
     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार