Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जुम्लाका साढे ४२ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने


    बुधबार, चैत्र १६ २०७८
    935
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जुम्ला । जुम्लामा साढे ४२ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएकाे छ । २५ चैतदेखि आगामी १८ वैशाखसम्म सञ्चालन हुने खाेप अभियानमा १५ महिनादेखि १५ वर्षसम्मका ४२ हजार चार सय २० बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको हो  । याे अभियान जुम्लासहित देशभर नै सञ्चालन हुँदैछ ।

    जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका अनुसार सात वटै स्थानीय तहमा खाेप लगाउन टाेली परिचालन गरिनेछ । खाेपका लागिगाउँ तथा विद्यालयमा १ सय ९१ जनाको खोप टोली परिचालन गरिने भएको छ ।

    जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक लालबहादुर सार्कीले खोप अभियानलाई प्रभावकारी बनाउन सबै सरोकारवाला जिम्मेवार भएर लाग्नुपर्ने बताए ।

    चार वर्षमा टाइफाइडका ३५ सय बिरामी 
    जुम्लामा चार वर्षमा टाइफाइटका ३५ सय बिरामी फेला परेका छन् । आर्थिक वर्ष २०७५/७६ मा ९ सय ७८, आव २०७६/७७ मा १ हजार १ सय ५८, आव २०७७/७८ मा ८ सय ७९ र चालु आवको ८ महिनामा ५ सय ९२ जना गरी ३ हजार ५ सय ९७ जना बिरामी फेला परेकाे स्वास्थ्य कार्यालयको तथ्यांक छ ।

    नेपालमा पाँच वर्षमा ४ लाख ५० हजार बालबालिका टाइफाइडबाट ग्रसित भएका छन् । टाइफाइड शून्यमा झार्न सरकारले खाेप अभियान सञ्चालन गर्दै आएकाे छ ।

    जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख सापकाेटाका अनुसार दूषित पानी र खानेकुराबाट टाइफाइड संक्रमणकाे जाेखिम रहन्छ । याे राेगका लक्षण ज्वरो आउने,टाउँको दुख्ने, पेट दुख्ने, आद्रामा समस्या आउने लगायत छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार