Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • क्यासिनोमा नेपालीको प्रवेश निर्वाधः नक्कली भारतीय परिचयपत्र बनाएर जुवा खेल्ने २ पक्राउ 


    मंगलबार, चैत्र १५ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नक्कली भारतीय आधार कार्ड(नागरिकताजस्तै) बनाएर नेपालका क्यासिनोहरुमा जुवा खेल्ने नेपाली नागरिकहरुको बारेमा चर्चा हुँदैआएको थियो । अरुण सेढाई, कविन शाक्य जस्ता मिटरब्याजीहरुले नक्कली भारतीय परिचयपत्र बनाएर नेपालीलाई क्यासिनोमा प्रवेश गराउँदै जुवा खेलाउने गरेको समाचार बेलाबखत सार्वजनिक भए पनि त्यो पुष्टि हुन सकेको थिएन । तर सोमबार राति महानगरीय प्रहरी वृत्त दरवारमार्गले भारतीय आधारकार्डसहित २ नेपालीलाई क्यासिनोमा जुवा खेल्दाखेल्दै पक्राउ गरेपछि आधिकारिक रुपमा पुष्टि भएको छ ।

    सिक्किम, दार्जिलिङदेखि बिहारका बिभिन्न ठाउँको परिचयपत्र बनाएर नेपालीहरु क्यासिनोमा जुवा खेल्ने गरेका छन् । नक्कली भारतीय परिचयपत्र बनाउने गिरोहका नाइके अरुण सेढाई र कविन शाक्यले काठमाडौंमा जहाँको भन्यो, त्यहँीको भारतीय नक्कली आधार कार्ड बनाएर क्यासिनोमा नेपालीलाई जुवा खेलाउनका लागि क्यासिनो प्रवेश सहज बनाउने गरेका छन् ।

    नेपाली नागरिकहरु क्यासिनो प्रवेश गरी अवैधरुपमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली परिचालन गरी सोमबार राति साढे ११ बजे काठमाडौको छायाँ कम्प्लेक्समा भएको होटल अलफ्टद्वारा संचालित वाल्डो क्यासिनोमा चेकजाँच गर्दा ३० टेवुल मध्ये नं. ११४ टेवुलबाट द्यकअअचबत नामको जुवा खेलिरहेको  अवस्थामा दुई नेपाली पक्राउ परेका छन् । सुनसरीको बकलौरी गाविस वडा नं २ स्थायी घर भएका ४६ बर्षीय मदन कार्की रसर्लाही ढुंग्रेखोला गाविस वडा नं २ स्थायी घर भएका वर्ष ३३ का वबिरमान भोलनलाई पक्राउ गरेको छ । 

    प्रहरीले वाल्डो क्यासिनो लेखेको पहेलो रंगको रु ५० हजारको क्वाईन १थान, वाल्डो क्यासिना लेखेको कालो रंगको रु दस हजारको ३ थान क्वाईन, वाल्डो क्यासिनो लेखेको निलो रंगको रु पाँच हजारको क्वाईन २ थान बरामद गरेको छ ।

    त्यसैगरी वाल्डो क्यासिनो लेखेको निलो रंगको रु १ हजारको क्वाईन ९ थान, भारतीय नक्कली आधार कार्ड २ थानका साथै रु ९९ हजारको क्वाईन १५ थान क्वाइन बरामद गरेको छ ।

    नक्कली आधार कार्ड बनाउने नेपालीलाई तत्काल पक्राउ गरी काठमाडौ जिल्ला सरकारी वकिल कार्यालय बबरमहल मार्फत् जिल्ला प्रशासन कार्यालय ववरमहल काठमाडौबाट जुवा ऐनमा ५ दिनको म्याद थप  लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    जुवा खेल्ने कार्की र भ्लोनको साथवाट मानव शर्मा र विर भुटीया नामको भारतीय आधार कार्ड समेत फेला परेको हुँदा भारतीय आधार कार्ड नक्कली हुन सक्ने भएको हुँदा त्यस सम्वन्धमा समेत   थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार