Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धमाधम राजीनामा दिँदै राखेपका कर्मचारी तथा प्रशिक्षक


    सोमबार, असार २९ २०७७
    925
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौै । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा कार्यरत कर्मचारी र प्रशिक्षकहरुले राजीनामा दिने क्रम चलिरहेकाे छ। असार ११ देखि नै सुरु भएकाे राजीनामा दिने क्रम साेमबारसम्म जारी छ । 

    राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ लागू भएसँगै उनीहरुले राजीनामा दिएकाे बुझिएकाे छ । 

    नयाँ ऐनमा खेलकुद परिषद्का कर्मचारी र प्रशिक्षक कुनै पनि संघको पदाधिकारी तथा सदस्य बन्न नपाउने नियम छ। जसका कारण यसअघि संघको कार्यसमितिमा रहेका कर्मचारी तथा प्रशिक्षकले राजीनामा दिएका हुन्।

    सोमबारसम्म परिषद्‌मा आबद्ध ३३ जना कर्मचारी तथा प्रशिक्षकले विभिन्न ५६ पदबाट राजीनामा दिइसकेका छन्। कतिपय कर्मचारी ५ संघको कार्यसमितिमा थिए।

    परिषद्को संघ संस्था समन्वय शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले चार वटा संघको कार्यसमितिबाट राजीनामा दिएका छन्। उनले असार ११ मा राजीनामा दिएका हुन् ।

    उनले अखिल नेपाल टेबल टेनिस संघको सदस्य, नेपाल तड. ईलमादो संघको सदस्य, नेपाल इकवेष्ट्रीन संघको सचिव र नेपाल हात्ती खेल संघको सदस्यबाट राजीनामा दिएका हुन्।

    खेलकुद विकास विभागका प्रशासकिय अधिकृत चन्द्रकुमार राईले नेपाल गल्फ संघको सचिवबाट राजीनामा दिएका छन्।

    परिषद्का प्रशासकिय अधिकृत ओमनाथ न्यौपानेले नेपाल केम्पो खुकुरी मार्शल आर्ट संघको सदस्य, नेपाल फुटसल संघको कोषध्यक्ष, नेपाल जितकुण्डो संघको सदस्य, नेपाल जोरखाने खेलकुद संघको सदस्य र जापान गोजुरियो डो मिशन संघ नेपालको सदस्यबाट राजीनामा दिएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार