Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रस्तावित न्यायाधीश श्रेष्ठले भने- यति धेरै अविश्वास गर्ने भए अदालत किन चाहियो, न्यायाधीश किन चाहियो ?


    मंगलबार, चैत्र १५ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका तिलप्रसाद श्रेष्ठले सेवाग्राहीले गोलाप्रथाबाट पेशी तोक्ने प्रक्रिया बेठीक रहेको बताएका छन् । 

    मंगलबार भएको उनको संसदीय सुनवाइका क्रममा कांग्रेस प्रमुख सचेतक पुष्पा भुसालले गोलप्रथाले न्यायाधीशको विशेषज्ञतामा प्रभावित पार्छ कि पार्दैन भनेर गरेकाे प्रश्नमा उनले गोलाप्रथाबाट पेशी तोक्ने प्रक्रिया बेठीक रहेको बताएका हुन् ।

    उनले भने- ‘गोलाप्रथा लागू भएपछि मलाई धेरै पोल्यो। मलाई लाग्यो- सर्वोच्च अदालत त डुब्योडुब्यो। अब उच्च र जिल्ला अदालत पनि आउँदा वर्षहरूमा डुब्छन्’, श्रेष्ठले भने, ‘गोलाप्रथाले मुद्दा फर्छ्यौट घटायो । विराटनगर उच्च अदालतमा पुससम्ममा ५९ प्रतिशत फर्छ्यौट भएकोमा लगत्तै माघ महिनामा घट्यो। त्यो महिना ५६ प्रतिशतमा झर्‍यो।’

    श्रेष्ठले गोलप्रथा लागू हुने अवस्थाले न्यायाधीश माथि अविश्वास बढेको देखिएको समेत उल्लेख गरेका छन्।

    ‘मिलापत्र, मुद्दा फिर्ता जस्तामा पनि न्यायाधीशले घुस खान्छ भनेर सोच्ने यिनलाई नि गोलाप्रथामा लैजाने? यति साह्रै न्यायाधीशलाई अविश्वास गर्ने हो भने अदालत किन चाहियो’, उनले प्रश्न गरे, ‘प्रधानन्यायाधीश र मुख्य न्यायाधीशले पेसी तोक्दा सेटिङ गरे भन्ने प्रश्न थियो । त्यसलाई गोलाप्रथाले केही नियन्त्रण गरेको छ। तर अनियमितता गर्नेलाई गोलाप्रथाले रोक्ने छैन। आफूले चाहेको न्यायाधीशकहाँ नपरेसम्म स्थगित गर्न मिल्ने अझै छ। हामीकहाँ एउटा मुद्दा ५२ पटक स्थगित भएको देखेको छु त्यसलाई अदालतले रोक्नुपर्थ्यो। गोलाप्रथा लागू भएन भने बर्बाद हुन्छ भन्ने वातावरण सिर्जना भयो। अब एक/दुई वर्षमा सेवाग्राहीले नै खारेज गर्न माग गर्छन्।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार