Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल र दक्षिण सुडानबीच कूटनीतिक सम्बन्ध स्थापना


    मंगलबार, चैत्र १५ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल र अफ्रिकी राष्ट्र दक्षिण सुडानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको देशको संख्या १७५ पुगेको छ । 

    अमेरिकाको न्युर्योकस्थित राष्ट्रसंघको लागि नेपाली स्थायी नियोगमा सोमबार एक कार्यक्रमको आयोजना गरी कूटनीतिक सम्बन्ध स्थापना गरिएको थियो । 

    कूटनीतिक सम्बन्ध स्थापना गर्ने संयुक्त पत्रमा नेपालको तर्फबाट न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि तथा राजदूत अमृत बहादुर राई र दक्षिण सुडानको तर्फबाट राष्ट्रसंघका लागि दक्षिण सुडानका स्थायी प्रतिनिधि तथा राजदूत अकुई बोना मलवालले हस्ताक्षर गरेका थिए ।  

    दुवै देशका राजदूतले कूटनीतिक सम्बन्ध स्थापना गरेको सम्बन्धी जानकारी संयुक्त राष्ट्रसंघका महासचिवलाई दिएका छन् । उनीहरुले संयुक्त पत्र लेखि सो जानकारी गराएका थिए । 

    दक्षिण सुडान सन् २०११ मा भएको जनमतसंग्रह मार्फत सुडानबाट स्वतन्त्र भएको थियो । सुडान भूवेरिवेष्ठित राष्ट्र हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार