Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निक्षेपकाे ब्याज घटाउने कसरत, खारेज भयाे ब्याजदरकाे सहमति


    सोमबार, असार २९ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । लकडाउनका कारण आर्थिक गतिविधि कम भएसँगै बैंकमा अधिक तरलता थुप्रिएकाे छ । याे सँगै वाणिज्य बैंकहरु ब्याज निक्षेपकाे ब्याज घटाउन लागि परेका छन् ।

    वाणिज्य बैंकहरुको सीईओहरुको संस्था नेपाल बैंकर्स संघमा भएको निक्षेप ब्याजदर सीमासम्बन्धी दुई वर्षदेखि कायम सहमति साउन १ गतेदेखि लागू हुने गरी खारेज गरेकाे छ । यसले बैंकहरुलाई स्वेच्छाले निक्षेपकाे ब्याज घटाउन सहज हुने भएको छ।

    अहिले संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७ प्रतिशत छ। सर्वसाधारण मुद्दतीको साढे ८ प्रतिशत र बचतको साढे ५ प्रतिशत छ। तर साउन १ गतेदेखि भने बैंकहरुले आफूले चाहेअनुसार न्यूनतम ब्याजदर निर्धारण गर्न सक्नेछन्।

    अहिले बैंकमा १ खर्ब ६६ अर्ब अधिक तरलता रहेको छ। लकडाउनको समयमा कर्जाको माग एकदमै कम भएको नेपाल राष्ट्र बैंकले समेत जनाएकाे छ । यस्ताे ब्याज घटाउन चालिएकाे याे कदमकाे जानकारी राष्ट्र बैंकलाई समेत दिइएकाे बै‌ंकर्स संघले जनाएकाे छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार