Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंमा भेटिए ९ जना नयाँ संक्रमित


    सोमबार, असार २९ २०७७
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा साेमबार पनि ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३ जना र ललितपुरमा ५ जना र भक्तपुरका १ जनामा कोरोना संक्रमित थपिएका हुन्।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका २ जना, शुक्रराज ट्रपिकल तथा सरुवा राेग अस्पतालमा भक्तपुरका १ जना संक्रमण पुष्टि भएकाे हाे । यस्तै पा६न अस्पतालमा ललितपुरका ५ जनामा र त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा काठमाडौंमा १ जनामा कोरोना संक्रमण देखिएकाे छ ।

    पछिल्लाे २४ घण्टामा देशभर १ सय ४४ जना काेराेना संक्रमित भेटिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १६ हजार ९ सय ४५ जना पुगेको छ।  

    नेपालमा पछिल्लाे २४ घण्टामा १ हजार ७ सय ५ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या १० हजार २ सय ९४ पुगेकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार