काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले सत्तारूढ दलसँग गठबन्धन नभए निर्वाचन हार्ने अभिव्यक्ति दिइरहँदा देउवाको गृह क्षेत्र सुदूरपश्चिममा भने गठबन्धनको चर्को विरोध भइरहेको छ । विभिन्न जिल्लामा ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियानमा अन्य दलसँग गठबन्धन गरेर निर्वाचनमा जाने सभापति देउवाको आशयविपरीत स्थानीय नेता कार्यकर्ताले चर्को विरोध गरेका हुन् । सुदूरपश्चिम कांग्रेसका सभापति वीरबहादुर बलायरले पनि कांग्रेसले कुनै पनि हालतमा गठबन्धन नगर्ने बताउँदै आएका छन् ।
‘अधिकांश कार्यकर्ता गठबन्धनको विपक्षमा छन्,’ बैतडी, डोटी, डडेलधुरालगायत पहाडी जिल्लामा निर्वाचन लक्षित कार्यक्रममा पुगेका प्रदेश सभापति बलायरले भने । उनले सुदूरपश्चिममा कांग्रेस कमजोर नभएको दाबी गरे । ‘सुदूरपश्चिममा कुनै पनि हालतमा गठबन्धन हुन सक्दैन,’ देउवाको गृह जिल्ला डडेलधुरामा स्थानीय तह निर्वाचन लक्षित पार्टी कार्यकर्ता अन्तरक्रियामा बोल्दै सभापति बलायरले भने, ‘केन्द्रले के निर्णय गर्छ त्यो बेग्लै विषय हो तर सुदूरपश्चिममा भने कांग्रेसले स्थानीय निर्वाचनमा कसैसँग पनि गठबन्धन गर्दैन ।’
सोमबार बिहान डडेलधुरामा आयोजित पत्रकार सम्मेलनमा पनि सभापति बलायरले सुदूरमा गठबन्धनको आवश्यकता नभएको कार्यकर्ताले दबाब दिएको बताए । ‘म सुदूरका सबै जिल्लामा निर्वाचिन लक्षित कार्यक्रममा घुमिरहेको छु हरेक जिल्लामा कार्यकर्ताले गठबन्धन नगर्न दबाब दिएका छन्,’ उनले भने, ‘कांग्रेस आफैं जित्न सक्छ । गठबन्धन गर्दा तल्लो तहसम्मका कार्यकर्ता र परम्परागत मतदातामा निराशा छाउन सक्छ ।’
प्रदेश सभापति बलायर मात्र होइन, जिल्लाका नेताहरूले पनि कांग्रेसले गठबन्धन गर्दा पार्टी संगठनमा दीर्घकालीन असर पर्ने बताएका छन् । घरघर जाऔं कांग्रेस जिताऔं अभियानका क्रममा कांग्रेसका क्रियाशील सदस्य र अगुवा कार्यकर्ताले पनि नेताहरूलाई गठबन्धन नगर्न सुझाव दिए । केन्द्रबाट खटिएका केन्द्रीय सदस्यहरूलाई कार्यकर्ताले सभापति देउवाको भनाइलाई अन्धसमर्थन नगरी यथार्थ जानकारी दिन पनि दबाब दिएका छन् । कैलालीका एक क्षेत्रीय सभापतिले भने, ‘कांग्रेस नेतृ आरजु देउवाले पनि गठबन्धन हुनुपर्ने बताइन् तर हामीले त्यसो नगर्न सुझाव दिएका छौं ।’
कार्यकर्ताको मनोभावना अनुरूप केन्द्रीय समितिमा नेताहरू प्रस्तुत हुन्छन् या हुंदैनन् तर गठबन्धन गरे केही नेतालाई जित्न सजिलो भए पनि मूलतः कांग्रेसलाई गम्भीर क्षति हुन सक्ने उनले बताए । सभापति देउवाको गृहजिल्लाका अधिकांश कार्यकर्ताले अन्तरक्रिया कार्यक्रममा पनि प्रदेश सभापति बलायरलाई कार्यकर्ताको धारणा केन्द्रीय सभापतिलाई जानकारी गराइदिन आग्रह गरेका थिए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend