Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ६ एसपीको काजसरुवा, मोरङमा कोइराला, सिन्धुपाल्चोकमा यादव


    सोमबार, चैत्र १४ २०७८
    940
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रहरीमा नियमित सरुवा नगरी काजसरुवा गर्ने प्रचलन बढेको छ । आजमात्रै प्रहरी प्रधान कार्यालयले ६ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ । 

    प्रहरी प्रधान कार्यालयले सोमबार ६ एसपीको काज सरुवा निकालेको छ । जसअनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखाका एसपी शान्तिराज कोइराला मोरङमा सरुवा भएका छन् ।

    बागमती प्रदेश प्रहरी कार्यालयका रामेश्वरप्रसाद साहलाई सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालय र ऋषिराम कँडेल पश्चिम नवलपरासीमा काजसरुवा भएका छन् । मोरङका एसपी जनार्दन जीसी उपत्यका प्रहरी कार्यालय रानीपोखरी, सिन्धुपाल्चोकका राजन अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र पश्चिम नवलपरासीका मनोजकुमार यादव गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएका छन् । 

    यीमध्ये राजन अधिकारी सिन्धुपाल्चोकमा सरुवा भएको १९ महिनासम्म कार्यरत रहन पाउने भाग्यमानी हुन् । उनी २०७७ भदौ ४ मा सिन्धुपाल्चोकमा सरुवा भएका थिए । गएको बर्षामा गएको सिन्धुपाल्चोक बाढीपहिरोमा सीडीओ उमेश पोखरेल र एसपी अधिकारीले राहत बितरणमा समेत गडबड गरेको आरोप लागेको थियो । 

    सरुवा सूची

    kaaj sp6.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार