Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गौरिफण्टा नाकामा भेटियो ३६ लाखको बेवारिसे गहना


    सोमबार, चैत्र १४ २०७८
    565
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • धनगढी । कञ्चनपुरको गौरिफण्टा नाकामा ३६ लाख मूल्य बराबरको सुन तथा चाँदीका गहना बेवारिसे अवस्थामा भेटिएका छन् ।

    मंगलबार झोलाभित्र राखिएको अवस्थामा बेवारिसे सुनचाँदीका गहना भेटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेक्वाटर कैलालीका सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहले बताए । उनले भारतबाट अवैधरुपमा नेपाल भित्र्याउन सो सुन ल्याइएको हुन सक्ने बताए । 

    ‘भारतबाट चारेर वा अवैध रूपमा भन्सार छलिगरेर सो गरगहना ल्याउन खोजिएको हुन सक्ने आशंका गरिएको छ,’ उनले भने, ‘तर प्रहरीको डरले झोला छाडेर मान्छे भागेका हुन सक्छन् ।’ उनले गरगहना ल्याउने मान्छेको खोजी भइरहेको बताए । 

    बेवारिसे झोलामा ४ सय ३० ग्राम गहना र २ सय ७ ग्रामको चाँदीको गिलास भेटिएको छ । बरामद भएको सुनचाँदीको बजार मूल्य करिव ३६ लाख ८ हजार ४ सय ९० हुने अनुमान गरिएको छ । 

    झोलामा सुनका झुम्का, सिक्री, बालालगायत गहना र चाँदीको गिलास भेटिएको उनले बताए । सिंहका अनुसार झोलामा ४ सय ३० ग्राम गहना र २ सय ७ ग्रामको चाँदीको गिलास भेटिएको छ । बरामद भएको सुनचाँदीको बजार मूल्य करिव ३६ लाख ८ हजार ४ सय ९० हुने अनुमान गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार