Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शशांक कोइराला भन्छन्- स्थानीय तहको चुनावमा गठबन्धन आवश्यक छैन


    सोमबार, चैत्र १४ २०७८
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले स्थानीय तहको चुनावमा गठबन्धन गर्न नहुने बताएका छन् । 

    सोमबारको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्ने क्रममा उनले चुनावी गठबन्धन आवश्यक नभएको बताएका हुन् । 

    कोइरालाले स्थानीय तहको चुनावमा एक्लै लड्न पर्ने उल्लेख गर्दै संसदीय चुनावमा भने गठबन्धनबारे छलफल गर्न सकिने बताए। 

    कांग्रेस बैठकमा स्थानीय तह चुनावमा गठबन्धन गर्न हुने/ नहुने पक्षमा कांग्रेस नेता विभाजित भएका छन् । बैठक भोलि पनि बस्ने र उक्त बैठकबाट गठबन्धनबारे निर्णय हुने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार