Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अपुरो नगरपालिका भवनको उद्घाटन, सञ्चारमाध्यमलाई छैन जानकारी


    सोमबार, चैत्र १४ २०७८
    420
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाले निर्माणाधीन प्रमुख प्रशासकीय भवनको उद्घाटन गरेको छ ।

    निर्माण सम्पन्न नभएको प्रशासकीय भवन जिल्लामा क्रियाशील सञ्चारमाध्यमलाई जानकारी नै नदिई नगरप्रमुख सूर्यप्रसाद अधिकारीले उद्घाटन गरेका हुन् ।

    रेडियो अर्घाखाँचीका स्टेसन म्यानेजर गोपालप्रसाद भट्टराईले भवन उद्घाटनबारे थाहा नै नभएको बताएका छन् । नयाँ एफएमका स्टेसन म्यानेजर हरिप्रसाद भुसाल र रेडियो सन्धिखर्कका स्टेसन म्यानेजर श्याम घिमिरेले पनि भवन उद्घाटनका विषयमा आफूहरूलाई जानकारी नै नभएको बताएका छन् ।

    उद्घाटन कार्यक्रममा नगरप्रमुख अधिकारीले आफूमाथि लागेको आरोपको खण्डन गर्न मै समय खर्चिएका थिए । ‘मैले कतै एक पैसा भ्रष्टाचार गरेको भए छानबिन गरियोस् । अख्तियारमा मुद्दा दायर गरियोस्,’ अधिकारीले भने । उनले आफू कमाउनका लागि मेयर नबनेको दाबीसमेत गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार