Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बुद्धचित्तको मालासहित कोरियन नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ


    सोमबार, चैत्र १४ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाल प्रहरीले बुद्धचित्तको मालासहित एक जनालाई पक्राउ गरेको छ।

    नेपाल प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको टोलीले अवैध रूपमा बुद्धचित्तको माला लिएर कोरिया जान लागेको अवस्थामा राहदानी नम्बर एम ८०९०९५६४ भएका कोरियन नागरिक सुन युङ जाङलाई आइतबार राति पक्राउ गरेको हो।

    पक्राउ परेका जाङ कतार एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट कतारको दोहा हुँदै कोरिया जान लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    पक्राउ परेका उनीसँग प्रहरीले १५३ थान बुद्धचित्तको मालासमेत बरामद गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार