Nepal Face
  • आइतबार, १० साउन २०८३
  • साना ७३ दललाई आफ्नै चुनाव चिन्ह दिने निर्वाचन आयोगको निर्णय


    सोमबार, चैत्र १४ २०७८
    695
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा ७३ साना दलहरूलाई आफ्नै चुनाव चिन्ह प्रदान गर्ने भएको छ ।

    आयोगको आइतबार बसेको बैठकले राष्ट्रिय मान्यता प्राप्त नगरेका ७३ साना दललाई आफ्नै चुनाव चिन्ह प्रदान गर्ने निर्णय गरेको आयोगका प्रवक्ता  शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

    स्थानीय तह निर्वाचनका लागि ७९ दल आयोगमा दर्ता भएका थिए । राजनीतिक दलसम्बन्धी ऐनअनुसार राष्ट्रिय मान्यताप्राप्त दलले मात्र आफ्नै चुनाव चिन्ह पाउँछन् । 

    राष्ट्रिय मान्यता प्राप्त गरेका बाहेकका साना दललहरूले समेत आफ्नै चुनाव चिन्ह पाउनु पर्ने माग गरेका थिए । सोही आधारमा आयोगले जिल्लामा रहेका संगठनको संरचनाको विवरण माग गरेको थियो । त्यसका आधारमा आयोगले कुन जिल्लामा कति दल हुन्छन् भन्ने टुंगो लगाएको प्रवक्ता पौडेलले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार