Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्लाहीमा मोटरसाइकल दुर्घटना एकजनाको मृत्यु, एकजना घाइते


    सोमबार, चैत्र १४ २०७८
    405
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । । सर्लाहीको कविलासीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । अर्का एकजना घाइते भएका छन् ।

    सोमवार मलंगवा-नवलपुर सडकखण्डअन्तर्गत कविलासी नगरपालिका-१०, सलेमपुरमा प्रदेश २-०३-०१८ प ९६८३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको हो । दुर्घटनामा मोटरसाइकल चालक मलंगवा नगरपालिका-३, निवासी २७ वर्षीय तौखिन मिकरानीको मृत्यु भएको हो । प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेको मोटरसाइकल सडक छेउमा रहेको बिजुलीको पोलमा ठोकिएको थियो ।

    दुर्घटनालगत्तै मिकरानीलाई उद्धार गरी प्रादेशिक अस्पताल  मलंगवा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षका मकबुल लहरी सफी गम्भीर घाइते भएका छन् । प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचारपश्चात थप उपचारका लागि वीरगन्ज रेफर गरिएको अस्पताल स्रोतले जनाएको छ ।

    मिकरानीको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमै राखिएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार