कपिलवस्तु । । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तामझामका साथ बृजेशकुमार गुप्तासहितका हृदयेश त्रिपाठीका निकट नेता कार्यकर्ता पार्टीमा प्रवेश गराएका छन् । ओलीले गुप्तालाई एमालेमा प्रवेश गराइरहँदा कपिलवस्तुकै एमाले नेता तथा पूर्व कृषि राज्यमन्त्री ओमप्रकाश यादव जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रवेश गरेका छन् ।
जसपा जिल्ला समन्वय समिति, रुपन्देहीले आइतबार मायादेवी गाउँपालिका–४ स्थित सेमरीमा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा एमाले परित्याग गर्दै उनी जसपामा प्रवेश गरेका हुन् । यादवले एमालेमा रहुन्जेल गरेका कामको समीक्षा पार्टीले नगरेको उनको गुनासो थियो ।
एमालेमा रहेका नेता कार्यकर्ता नै ओलीको ब्यक्तिवाद र चरम गुटबन्दीको पेलानमा परी कतिपय उकुसमुकुस अवस्थामा छन् भने कतिपयले बिद्रोह गरिरहेका छन् । भानुभक्त जैशी, सुवास कर्माचार्य, धर्म निरौला लगायतका नेता कार्यकर्ताहरु एमालेमा बस्नै नसक्ने भएपछि बिद्रोह गरी नेकपा समाजवादीमा क्रियाशील भइसकेका छन् ।
दस बुँदे सम्झौता गरी एमालेसँग मिसिएकाहरु पनि घरको न घाटको भएका छन् । उनीहरुलाई महत्वपूर्ण जिम्मेवारी नदिई सहायकमा मात्र सीमित गरिएको छ । एमालेमै रहेका र लामो योगदान भएकाहरुलाई जिम्मेवारी नदिई राखेका ओलीले पार्टीमा भित्र्याउने होड चलाएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend