Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतीय बाँधकाे कारण तराईमा डुबान: गृहमन्त्री थापा


    सोमबार, असार २९ २०७७
    895
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले भारतले आफ्नो रक्षाका लागि बनाएकाे बाँधका कारण नेपालको तराई क्षेत्र डुबानमा परेकाे बताएका छन् ।

    संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा आइतबार बाढी-पहिरोको क्षति र नियन्त्रणबारे भएको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । भारतले समानान्तर रूपमा बाँध बनाउँदा हरेक वर्ष नेपालको तराई क्षेत्र डुबान हुने गरेको गृहमन्‍त्री थापाको भनाई थियो ।

    उनले नेपालमा भारतले बनाएको बाँधका कारण डुबान नहोस् भनेर सरकारले पहल गरेको बताए ।

    ‘भारतले बनाएको बाँधबाट निकास दिनुपर्‍यो नि । आफ्नो रक्षाका लागि बाँध बनाए पनि नेपालको राष्ट्रिय हितमा धक्का हो,’ उनले भने, ‘पहल गरेका छौं तर, सार्थक देखिएको छैन । भारतीय प्रधानमन्त्री आउँदा यसबारे छलफल भएको छ। तर, कार्यान्वयन गरेका छैनन् । त्यसले गर्दा पनि समस्या भएको छ ।’

    नेपाललाई डुबानबाट बचाउन भारतले निकास दिनुपर्ने र त्यसका लागि सरकारले पहल गर्ने उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार